Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शिव आधारभूत विद्यालयद्वारा २२ हजार बढी सहयोग


78
Shares

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ स्थित श्री शिव आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले संयुक्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्।

गत भदौ महिनामा चीनतर्फबाट आएको भीषण बाढीका कारण प्रभावित बनेका नागरिकहरूको उद्धार, राहत तथा पुनस्थापनाका लागि विद्यालय परिवारको तर्फबाट रु २२ हजार ६ सय ९० आर्थिक सहयोग उपलब्ध गराइएको प्रधानाध्यापक विपिन राज बस्नेतले बताउनुभयो ।

कुल १२६ जना विद्यार्थी अध्ययनरत सो विद्यालयका बालबालिकाहरूले आफ्नो एक दिनको दिवा खाजा बापतको रकम कटौती गरेर सहयोग जुटाएका हुन्। साना बालबालिकाहरूको यो प्रशंसनीय अभियानमा विद्यालयका शिक्षक तथा अभिभावकहरूले समेत स्वैच्छिक रूपमा रकम थपेर हातेमालो गरेका थिए।

सङ्कलित कुल रु २२ हजार ६ सय ९० रकम नेपाल सरकारको आधिकारिक बैङ्क खातामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक बस्नेतले जानकारी दिनुभयो।

Skip This