काठमाडाैं । यहि भदौ १० गते रसुवाकाे भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीमा परेर अहिलेसम्म ९ सय ८७ जनाको शव फेला परेको छ।
रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय १६, नवलपरासी पश्चिममा १ सय ७०, चितवनमा ३ सय २१ जनाको शव फेला परेको हाे। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन रहेकाे जनाएकाे छ।
प्राधिकरणले नेपाल प्रहरी २५, नेपाली सेना ४५, सशस्त्र प्रहरी बल नेपाल १३, भन्सार कार्यालयका १५, अध्यागन कार्यालयका ३ र रसुवामा करिब ८ सय ६५ जना सम्पर्कविहीन रहेको जानकारी गराएकाे हाे। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८ सय १४ जनाको उद्धार गरिएको छ । हालसम्म घाइतेको संख्या २ सय ७९ जना पुगेकाे हाे। उनीहरूमध्ये १ सय ६८ जना उपचारपश्चात् ‘डिस्चार्ज’ भइसकेका प्राधिकरणले जनाएको छ।
उद्धार, राहतका निम्ति २ हजार १ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हाे। बाढीका कारण रसुवा र नुवाकोट लगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ।











प्रतिक्रिया दिनुहोस्