Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


चितवनमा ‘डीएनए’ नमुना संकलन गरेपछि २८० शवको व्यवस्थापन


0
Shares

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २ सय ८० शवको व्यवस्थापन गरिएको छ।

शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डीएनए’ नमुना संकलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा व्यवस्थापन गरिएको हाे । भरतपुर अस्पतालले यहि भदौ १० गते रातिदेखिनै सुरक्षाकर्मीले त्रिशूली नदीबाट संकलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेकाे जनाएकाे छ।

भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण तथा डीएनए लगायत जैविक नमुना संकलन तथा अभिलेखीकरणको काम शुरु गरिएको हो ।