Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


नुवाकोटको एक मिनिमार्टमा २४ शव भेटिए


0
Shares

काठमाडौं । नुवाकोटको उत्तरगया मिनिमार्टमा २४ वटा शव भेटिएकाे छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले विदुर नगरपालिका-१०, बेत्रावतीस्थित उत्तरगया मिनिमार्टमा २४ शव भेटिएको जनाएको हाे । सोमबार खोजतलास तथा उद्धारका क्रममा साेही शव भेटिएको प्रहरीले बताएकाे छ। संकलित मध्ये १० शव काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइसकेको र बाँकी शव पनि यहि अस्पतालमा पठाइने प्रहरीले बताएकाे हाे।

प्रहरीले यहि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात् खोजी तथा उद्धारका क्रममा मिनिमार्टमा २४ शव भेटिएको जनाएकाे छ।