काठमाडौं । रसुवाकाे भोटेकोशी बाढीमा परेका मध्ये हालसम्म ९ सय ३९ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साेमबार साँझसम्म ३ हजार ९ सय २५ व्यक्ति सम्पर्कविहीन रहेकाे जनाएकाे हाे। सोमबार रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५ जनाको शव फेला परेको छ । गोरखामा ६५, नवलपरासी पश्चिममा १ सय ६८, तनहुँमा ३८ र चितवनमा २ सय ७९ जनाको शव फेला परेको प्राधिकरणले जनाएको हाे ।
बेपत्तामा हुनेमा नुवाकोटमा १५ सय ५८ को विवरण प्राप्त भएको छ । प्राधिकरणले हालसम्म ११ हजार ३ सय ७९ जनाको उद्धार गरिएको जनाएको हाे । बाढीमा परी घाइते हुनेको संख्या २ सय ७९ रहेको छ।









प्रतिक्रिया दिनुहोस्