Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


एसीसी प्रियमियर कपमा नेपालकाे विजयी शुरूवात

बहराइन भने ७ विकेटले पराजित

0
Shares

काठमाडौं । एसीसी प्रियमियर कपमा नेपालले विजयी शुरुवात गरेको छ।

मलेसियाको यूकेएम यूएसडी ओभलमा साेमबार भएकाे खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै विजयी शुरूवात गरेकाे हाे। बहराइनले प्रस्तुत गरेको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । नेपालका अर्जुन कुमालले अविजित ३६, रोहितकुमार पौडेलले अविजित १९, आसिफ शेखले १८ र देव खनालले १० रन बनाएका छन् ।

बहराइनका इमरान जाबेद अन्वरले दुई विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६ दशमलव २ ओभरमा ८७ रनमै समेटिएको थियो । बहराइनका फैज अहमदले १५, मोहम्मद वासिमले १३ र अली दाउदले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिएका थिए । १० ओभर बलिङ गरेका उनले चार मेडनसहित १४ रन खर्चिएका हुन् । त्यसैगरी, ललितनारायण राजवंशीले तीन र करण केसीले दुई विकेट लिएका छन् ।

अब नेपालले बिहीबार घरेलु टोली मलेसियाको सामना गर्ने भएकाे हाे।