Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या ७ सय ८१ जना  पुग्यो, २५ सय बढी सम्पर्कविहीन

९ हजार ४ सय ३५ जनाको उद्धार

0
Shares

काठमाडौं । यहि भदौ १० गते बुधबार रसुवाकाे भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ७ सय ८१ जना पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १ सय ९९, नवलपरासी पश्चिममा १ सय, तनहुँमा ३७ र चितवनमा २ सय ७२ जनाको शव तथा मानव अंग भेटिएको जनाएकाे हो । बाढीपश्चात सम्पर्कविहीन हुनेको संख्या २ हजार ५ सय २ रहेको छ ।

सम्पर्कविहीन हुनेमा २५ नेपाल प्रहरी, ४५ नेपाली सेना, १३ सशस्त्र प्रहरी बल नेपाल, १५ जना भन्सार कार्यालयका कर्मचारी र चार जना अध्यागमन कार्यालयका कर्मचारी रहेका हुन् । विभिन्न जलविद्युत आयोजनमा कार्यरत ९ सय ३३, विदेशी ५ सय ९२ जना, विदेशीसँगै घुम्न गएका नेपाली १ सय २७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी र क्वारेन्टाइन कार्यालयका तीन कर्मचारी पनि सम्पर्कविहीन छन् ।

त्यस्तै, रसुवाका ५ सय ६२, नुवाकोटका १ सय १५ र मकवानपुरका ६५ जना पनि सम्पर्कविहीन भएका हुन् । प्राधिकरणले हालसम्म बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार गरिएको छ । जलविद्युत् आयोजनाका सुरुङबाट २ सय ७९ जनाको उद्धार गरिएको जनाइएको हाे। नेपाली सेनाले २ सय ५४ विदेशी र तीन हजार ६७ नेपालीको हवाई उद्धार गरेको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा २० हजार ६ सय १८ सुरक्षाकर्मी परिचालन गरिएको हाे। प्राधिकरणले ७ हजार ८ सय ९४ नेपाल प्रहरी, आठ हजार ५ सय २१ जना नेपाली सेना र चार हजार २ सय ३ सशस्त्र प्रहरी खोज तथा उद्धारमा बाढी प्रभावित क्षेत्रमा खटाएको जनाएकाे छ ।