Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


चीनबाट ५० टन राहत सामाग्री बोकेर २ ठूला चिनियाँ विमान काठमाडौंमा


0
Shares

काठमाडौं । चीनबाट ५० टन राहत सामाग्री बोकेका दुई ठूला चिनियाँ विमान काठमाडौं आइपुगेका छन्।

काठमाडौंस्थित चिनियाँ दूतावासले विमान आइतबार बिहान करिब ७ बजे आपत्कालीन राहत सामग्री लिएर आएकाे जनाएकाे हाे । विमानहरू चेङ्दु सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरी करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका छन् । विमानहरूमा), कम्बल, स्लिपिङ ब्याग, सुक्खा खाना र प्राथमिक उपचार किटहरू गरी कूल ५० टन तौलका १३ हजार २ सय थान आपत्कालीन राहत सामग्रीहरू ल्याइएको चिनियाँ दूतावासले जनाएको हाे।

विमानमा चारजना चिनियाँ सुरङ उद्धार विशेषज्ञहरू र उद्धार सामग्रीहरू पनि आएका छन् । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले राहत सामाग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र नेपालको संघीय संसद्का प्रतिनिधिसभा सदस्य धर्म केसीलाई हस्तान्तरण गर्नुभयाे ।