Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


धादिङको कृष्ण भीरमा सडक भासिएपछि मुग्लिङ-काठमाडौं सडकखण्ड अवरूद्ध


130
Shares

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ-काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको हो। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएका कारण अहिले दुवैतर्फबाट सवारी साधन सञ्चालन गर्न सकिने अवस्था नभएकाे जनाएकाे छ। सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौंबाट बाहिरिने र मुग्लिङ हुँदै काठमाडौं भित्रिने सयौँ सवारी साधन र हजारौं यात्रुहरू बीचबाटोमै अलपत्र परेका हुन्।

प्रहरी कार्यालयले सडकको अवस्था गम्झीर रहेकाले तत्काल मर्मत गरी सुचारु गर्न केही समय लाग्न सक्ने जनाएकाे छ। आइतबार बिहानैदेखि त्रिशूली र नारायणी नदीमा जलसतह बढेको र विभिन्न स्थानमा पहिरो जाने क्रम जारी रहेकाले राजमार्गको यात्रा निकै जोखिमपूर्ण बनेको हाे।