Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


रसुवा बाढीमा परी ज्यान गुमाएका असई खड्काको पशुपति आर्यघाटमा दाहसंस्कार


260
Shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका असई रामहरि खड्काको दाहसंस्कार गरिएको छ।

नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र एआईजी सुशील सिंह राठौरले शनिबार साँझ पशुपति आर्यघाटमा खड्काको पार्थिव शरिरमा प्रहरीको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका हुन्। इलाका प्रहरी कार्यालय टिमुरेको सञ्चार शाखामा कार्यरत खड्का भदौ १० मा भोटेकोशीमा आएको बाढीसँगै सम्पर्कविहीन भएका थिए ।

उनको शव शनिबार चितवनमा भेटिएको थियो। मृतक खड्का रामेछापको मन्थली नगरपालिका–४ स्थित कबिलासका स्थानीय हुन् । यसअघि प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल पनि मृत भेटिएका थिए । उनको शव पनि चितवन स्थित नारायणी नदीको किनारमा भेटिएको थियाे।