Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


झापामा रहेकाे भाटभाटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा


182
Shares

काठमाडौं । झापा बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आइतबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि सञ्चालनमा आएको बताउनुभएकाे हाे। उहाँले गत वर्षको भदौ २४ गते जेनजी युवाले आगजनी गरेकाे बिर्तामोड स्टोर सञ्चालनमा आउन लागेको बताउनुभएकाे छ।

धरान र टंगालस्थित स्टोर पनि छिट्टै सञ्चालनमा आउने जारी विज्ञप्ति उल्लेख गरिएकाे छ।