Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


प्रिमियर लिगमा न्युक्यासल युनाइटेडकाे पहिलो जित

टोटनहम हटस्परकाे लगातार दोस्रो हार

0
Shares

काठमाडाैं । न्युक्यासल युनाइटेडले प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दा टोटनहम हटस्परले लगातार दोस्रो हार बेहोरेको छ ।

शनिबार राति भएको खेलमा न्युक्यासलले टोटनहमलाई २-० गाेलले पराजित गरेको हो। घरेलु टोलीका लागि एन्थोनी एलाङ्गा र योआने विसाले गोल गरेका हुन्। गत हप्ता लिभरपुलसँग २-२ गाेलको बराबरी हुँदा न्यु क्यासलका लागि प्रिमियर लिगमा पहिलो गोल गरेका एलाङ्गाले यस खेलमा पनि गोल गर्दै नयाँ सिजनमा आफ्नो गोल संख्या २ पुर्‍याएका छन् ।

खेलको ६२ औं मिनेटमा उनले निको गोन्जालेज र अमार डेडिचको सहयोगमा गोल गरेका थिए । त्यसपछि ७२ औं मिनेटमा विसाले गोल गर्दै न्यु क्यासलको जित निश्चित गरेका हुन् । टोटनहमले सिजनको शुरुवाती दुई खेलमै लगातार हार बेहोरेको छ।