Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


टप इण्ड टी-२० सिरिजमा भिक्टोरिया एकेडेमीकाे नेपाल ‘ए’ माथि जित


0
Shares

काठमाडाैं । अस्ट्रेलियामा जारी टप इण्ड टी-२० शृङ्खलाको अन्तिम खेलमा नेपाल ‘ए’ भिक्टोरिया एकेडेमीसँग १ विकेटले पराजित भएको छ ।

याेसँगै नेपाल ‘ए’ले दुई जित र चार हारसहित तालिकाको सातौं स्थानमा रहँदै शृङ्खला टुङ्ग्याएको हाे। नेपाल ‘ए’ले दिएको १ सय ४३ रनको लक्ष्य भिक्टोरियाले अन्तिम ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गरेको छ । भिक्टोरियाको जीतमा ह्यारी होक्स्ट्राले अविजित ३५, टम रोजर्सले ३६ र ह्यारी डिक्सनले ३० रन बनाएका थिए ।

नेपालका युवराज खत्री र कुशल भुर्तेलले ३-३ तथा आकाश चन्दले एक विकेट लिएका छन् । यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय४२ रन बनाएको थियो । कुशल भुर्तेलले अविजित ७० रन  र दीपक डुम्रेले १६ रन जोडेका छन् ।

यसअघि नर्दन टेरिटोरी स्टाइक, बङ्गलादेश हाइ प्रफर्मेन्स टोली र किंग्समेन एकेडेमीसँग पराजित नेपालले होबर्ट हुरिक्यास एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई पराजित गरेको थियो ।