काठमाडाैं । भोटेकोशीमा आएको बाढीपछि चितवन र नवलपुरका विभिन्न स्थानमा फेला परेका तर पहिचान हुन नसकेका शवहरूलाई जमिनमुनि गाडेर व्यवस्थापन गरिएको छ ।
भरतपुर– १ स्थित रामनगर देवघाट सडकको बीच जंगल क्षेत्रमा शव व्यवस्थापन गरिएको हो । शवका कारण संक्रमण तथा महामारी फैलिन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।
शवहरूको फोटो र डिएनएको नमुना सुरक्षित राखेर व्यवस्थापन गरिएको हो । चितवनमा हालसम्म संकलन गरिएका २३३ शवमध्ये ८ वटा मात्र पहिचान भएका छन् भने २२५ शव अझै पहिचान हुन सकेका छैनन् ।
शव तथा शवका अवशेष सड्ने–गल्ने अवस्थामा पुगेकाले संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले तत्काल व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्