काठमाडौं । तिब्बतमा आएको विनाशकारी बाढीका कारण ५ जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन्।
बाढीसँगै गएको पहिरोले नदीको बहाव थुनेर बनेको विशाल ताल जुनसुकै बेला फुट्न सक्ने भन्दै चिनियाँ अधिकारीहरूले चेतावनी दिएका छन्। यसबाट तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउने जोखिम बढेको छ।
चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार नेपाल-तिब्बत सीमानजिकै बनेको यो ‘ब्यारियर ताल’मा शुक्रबारसम्म करिब २५ लाख घनमिटर पानी जम्मा भइसकेको छ। छोछेन खोला र पुरेपु साङ्पो नदीको दोभानमा बनेको उक्त ताल बिहीबारदेखि नै भरिएर पोखिन (ओभरफ्लो हुन) थालेको छ।
चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार साताको अन्त्यसम्ममा तालमा थप ३० लाख घनमिटर पानी थपिने सम्भावना छ। पानीको अत्यधिक दबाबका कारण तालको डिल भत्किने उच्च जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।









प्रतिक्रिया दिनुहोस्