एजेन्सी । चिनियाँ दूतावासले नेपाल-चीन सीमा क्षेत्रमा हिमपहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च शतर्कता अपनाउन आग्रह गरेको छ।
दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ‘ओभरफ्लो’ हुन थालेकाले थप जोखिम बढेको जनाएको हो। उद्धार तथा आपत्कालीन प्रतिकार्यका लागि अवस्था अत्यन्त संवेदनशील रहेकाले दुवै देशका अधिकारीहरू निरन्तर निगरानीमा जुटिरहेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
दूतावासले ताल भन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तन बारेमा सचेत रहन र पूर्वतयारी थाल्न अपील गरेको हाे। साथै भ्रामक सूचनाको पछि नलागी आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि दूतावसको अनुरोध छ ।










प्रतिक्रिया दिनुहोस्