काठमाडौं । रसुवाकाे भोटेकोशी बाढीमा बगेका ५ सय ९७ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ ७ बजेसम्मको विवरण अनुसार उक्त संख्यामा शव फेला परेको जनाएको हाे । हालसम्म १ हजार ९ सय २४ जना सम्पर्कविहीन रहेको विवरण प्राधिकरणले उल्लेख गरेको छ।प्राधिकरणका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६ जनाको शव फेला परेको हो । नवलपरासी पूर्वमा १ सय ५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २ सय ३३ जनाको शव फेला परेको प्राधिकरणको विवरण छ ।
प्राधिकरणले बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरीका १३ जना रहेकाे जनाएकाे हाे। त्यस्तै, भन्सारका १५ र अध्यागमन कार्यालयका १५ जना रहेका छन् । त्यस्तै, जलविद्युत आयोजनाका ९ सय ३३ र विदेशी नागरिक ५ सय १७ जना रहेको प्राधिकरणले जनाएको हाे । रसुवा, नुवाकोट, मकवानपुरबाट सम्पर्कविहीनका केही विवरण प्राप्त भएको प्राधिकरणले उल्लेख गरेको छ।
प्राधिकरणका अनुसार अस्पतालमा १ सय १ जना घाइते उपचाररत रहेका हुन् । प्राधिकरणले उद्धार तथा राहतका लागि १५ हजार ४ सय ३१ जना सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्