Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


नदी किनारमा भेटिएका १०२ शव पहिचान र परीक्षणका लागि पोखरामा

शवको परीक्षण गरी पहिचानका लागि सार्वजनिक सूचना जारी गरिंने

0
Shares

काठमाडाैं । त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १ सय २ शव पहिचान तथा परीक्षणका लागि पोखरा लगिएकाे छ।

भोटेकोशीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासी लगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा लगिएकाे प्रहरीले बताएकाे हाे। बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ शव ल्याइएका तथा तिनको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको थियाे ।

तनहुँका विभिन्न स्थानमा भेटिएका ९ शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणपछि मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले बताएकाे छ। पोखराका सरकारी तथा निजी अस्पतालमा ८८ शव व्यवस्थापनको क्षमता रहेकाे हाे।

शवको परीक्षण गरी पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने तयारीमा स्थानीय प्रशासन रहेकाे छ।