Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


बाढीका कारण पृथ्वी राजमार्ग ३ दिनदेखि अवरूद्ध


0
Shares

काठमाडौं । काठमाडौं-मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत पृथ्वी राजमार्ग ३ दिनदेखि अवरुद्ध रहेको छ।

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका कारण धादिङका विभिन्न स्थानमा लेदो थुप्रिएपछि सडक बन्द भएको हो। गजुरी गाउँपालिका-५ को गलौदी र बाहुनी भीर तथा गल्छी गाउँपालिकाको महेश दोभानमा लेदो हटाउन बाँकी रहेकाे छ। सडकमा थुप्रिएको लेदो हटाउन उपकरण प्रयोग भइरहेको ट्राफिक प्रहरीले जनाएको हाे।

बस्ती क्षेत्रमा लेदो थुप्रिएकाले उठाएर अन्यत्र व्यवस्थापन गर्नुपर्ने हुँदा सडक खुलाउन समय लागेको छ। बाहुनी भीरमा भने लेदो हटाउन आवश्यक उपकरण अझै पुग्न सकेको छैन। पहिला गलौदी र महेश दोभानको लेदो हटाएपछि बाहुनी भीरमा काम गरिने प्रहरीले जनाएको हाे।

प्रहरीले शुक्रबार दिनभरमै सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताएकाे छ।