काठमाडौं । अस्ट्रेलिया सरकारले नेपालका बाढी तथा पहिरो प्रभावित समुदायका लागि ५० लाख अस्ट्रेलियन डलर (करिब ३५ लाख अमेरिकी डलर) बराबरको सहायता प्याकेज घोषणा गरेको छ ।
अस्ट्रेलियाको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा उक्त सहायता रकम खाद्यान्न, आपत्कालीन आश्रय, पिउने पानी तथा सरसफाइ जस्ता तत्काल आवश्यक मानवीय सहायता तथा पुनरुत्थानका कार्यमा खर्च गरिने जनाइएकाे हाे। अस्ट्रेलियाले प्रभावित आफ्ना नागरिकको सहयोगका लागि अतिरिक्त कर्मचारी खटाउने जनाइएकाे छ।
अस्ट्रेलियाले आगामी ४८ घण्टाभित्र तीन जना आपत्कालीन मानवीय सहायताविज्ञ सम्मिलित टोली नेपाल पठाउने तयारी गरेको जनाएको हाे। नेपालमा हालसम्म कम्तीमा ३९ जना अस्ट्रेलियाली नागरिक सम्पर्कविहीन रहेको मन्त्रालयले पुष्टि गरेको छ।









प्रतिक्रिया दिनुहोस्