Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


टप एण्ड टी-२० सिरिजमा किंग्समेनकाे नेपालमाथि शानदार जित, नेपालकाे लज्जास्पद हार


0
Shares

काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा किंग्समेन एकेडेमीसँग नेपाल ‘ए’ ले ३१ रनको हार व्यहोरेको छ।

डार्विनस्थित मरारा क्रिकेट मैदानमा बिहीबार भएकाे खेलमा यो हारसँगै नेपालको सेमिफाइनल सम्भावना करिब समाप्त भएको हाे । तेस्रो हार व्यहोरेको नेपालले पाँच खेलबाट चार अंकका साथ सातौं स्थानमा छ । जित निकालेको किंग्समेनको सामान खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको हाे।

किंग्समेनले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव २ ओभरमा १ सय ६६ रनमै समेटियो। नेपालका कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान गरेका थिए । उनले ४६ बलमा ६ चौका र चार छक्का प्रहार गरेका छन् ।