Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


जनमत पार्टीको दोस्रो महाधिवेशनको तयारी तीव्र


0
Shares

काठमाडाैं ।

जनमत पार्टीले आगामी असोजमा हुने दोस्रो महाधिवेशनको तयारी तीव्र बनाएको छ । आज बसेको केन्द्रीय सचिवालय समितिको बैठकले दोस्रो महाधिवेशनलाई लक्षित गर्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

पार्टी राष्ट्रिय सचिव अनिताकुमारी मण्डलले विज्ञप्ति जारी गर्दै आगामी असोज ९ र १० गते जनमत पार्टीको दोस्रो महाधिवेशन आयोजना हुने जनाएकी छन् । महाधिवेशनलाई मध्यनजर गर्दै भदौ २१ गते आइतबारसम्म देशभरका सम्पूर्ण वडा तथा पालिका अधिवेशनहरू सम्पन्न गरी त्यसको विवरण केन्द्रीय सचिवालयमा पठाइसक्नुपर्ने निर्णय गरिएको छ ।

यसैगरी, भदौ मसान्तसम्म कायम रहेका सबै सदस्यहरूलाई क्रियाशील सदस्यता कायम गर्ने निर्णय पनि बैठकले गरेको छ । महाधिवेशनमा प्रतिनिधि बन्न तथा उमेदवार हुनका लागि सदस्यता नवीकरण अनिवार्य गरिएको छ ।

आवश्यक शुल्क बुझाएर आफ्नो सदस्यता नवीकरण गरेका सदस्यहरूले मात्र महाधिवेशनमा भाग लिन पाउने पार्टीले स्पष्ट पारेको छ ।