Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


चार वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो


0
Shares

काठमाडाैं । प्रतिनिधि सभाले चार विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ ।

सभाको सोमवारको बैठकले विधेयकहरूमाथि प्राप्त संशोधन र सैद्धान्तिक छलफलपछि दफावार छलफलका लागि सम्बन्धीत समितिमा पठाएको हो ।

बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो ।

उक्त प्रश्ताव सभाले स्वीकृत गरेको हो । परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउन गरेको प्रश्ताव पनि बैठकले स्वीकृत गरेको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रश्तुत गरेको विधेयक समेत सभाले स्वीकृत गरेको छ ।

साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गरेको प्रश्ताव पनि सभाले स्वीकृत गरेको छ । अब यी चारवटै विधेयकमाथि सम्बन्धी समितिमा दफावार छलफल हुनेछ ।