Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


हत्या आरोपीको बयानको भिडियाे खिचेर सार्वजनिक गर्ने प्रहरी पक्राउ


0
Shares

काठमाडाैं । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा आरोपित किशोरको बयान भिडियाे खिच्ने र सार्वजनिक गर्ने प्रहरी कर्मचारी पक्राउ परेका छन्।

किशोरको बयान चलिरहेको बेलामा भिडिओ खिचेर सार्वजनिक गरेको आरोपमा बाराका प्रहरी हवल्दार कुमार विक पक्राउ परेका छन्।

उनलाई नियन्त्रणमा लिएर फौजदारी कसूरमा अनुसन्धान अगाडि बढाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए।

घटनामा संलग्न किशोरको बयानको भिडिओ अहिले समाजिक सञ्जालमा भाइरल भएको छ।

उक्त भिडिओमा किशोरले घटनाबारे सम्पूर्ण विवरण खुलाएका छन्। उक्त भिडिओ सार्वजनिक भएपछि प्रहरीको तीव्र आलोचना भएको छ। यसबारेमा सोमबार सांसदहरूले पनि संसदमा प्रश्न गरेका थिए।

Skip This