काठमाडाैं । निजी भ्रमणमा निस्किनु भएका प्रधानमन्त्री बालेन्द्र शाह पोखरा पुग्नुभएको छ।
काठमाडौंबाट सडकमार्ग हुँदै प्रधानमन्त्री शाह शुक्रबार दिउँसो पोखरा पुग्नुभएको हो । उहाँ शुक्रबार राति कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आस्तममा रहेको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बस्नु हुने भएकाे छ। रिसोर्ट र आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको हाे । रिर्सोटमा अन्य पाहुनाहरुको बुकिङ रद्द गर्नुका साथै कर्मचारी बाहेक अरुलाई प्रवेश रोक लगाइएकाे छ।
प्रधानमन्त्री शाह शनिबार मुस्ताङ जाने कार्यक्रम अन्तर्गत पोखरा पुग्नुभएको बताइएको छ । यद्यपी मुस्ताङ जाने कार्यतालिक सार्वजनिक भएको छैन । तर प्रसिद्ध मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने बुझिएकाे हाे। मुस्ताङमा पनि सुरक्षा निकायलाई भ्रमणको औपचारिक जानकारी गराइएको छैन । तर सञ्चार माध्यममा आएका जानकारीहरुका अनुसार सुरक्षा ब्यबस्थापन भने मिलाउने काम भएको मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो।
प्रधानमन्त्री बनेपछि शाह पहिलो पटक निजी भ्रमणमा निस्किनु भएको छ।









प्रतिक्रिया दिनुहोस्