काठमाडौं । शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक आयुष कुँवरले २ सय मिटर दौडमा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नेपाली एथलेटिक्समा नयाँ इतिहास रचेका छन् ।
अमेरिकाको लस एन्जलसमा आयोजित प्रतियोगितामा कुँवरले २१ दशमलव ८७ सेकेन्डमा २ सय मिटर दूरी पूरा गर्दै सन् १९९५ देखि कायम रहेको २१ दशमलव ९२ सेकेन्डको राष्ट्रिय कीर्तिमानलाई पछि पार्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा दर्ता गराएका हुन् । यसअघि पनि उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७ दशमलव ०९ सेकेन्डको कीर्तिमान ब्रेक गर्दै ७ दशमलव ०२ सेकेन्डको नयाँ कीर्तमान बनाएका थिए ।
यो कीर्तिमान वर्ल्ड एथलेटिक्सको वेबसाइटमा समेत अनुबन्ध गरिएको छ। साथै, मिति अगस्ट ९, २०२६ मा लण्डनमा सम्पन्न २ सय मिटर दौडमा उनले आफ्नै नाममा रहेको २१ दशमलव ८७ सेकेण्डको रेकर्डलाई तोड्दै २१ दशमलव ६६ सेकेण्डमा दौड पूरा गरी नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन्। आफ्नै रेकर्ड आफैं तोड्दै कुँवरले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका हुन्।
नेपाली खेलकुद क्षेत्रमै अवसरको कमी छ। एथलेटिक्समा झनै बढी खेलाडीहरूले अवसर नपाएकै कारण यो कीर्तिमान ३० वर्षपछि मात्र टुंटेको हो ।










प्रतिक्रिया दिनुहोस्