Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


बागमतीका नवनियुक्त मुख्यमन्त्री थापाद्वारा मन्त्रिपरिषद विस्तार


0
Shares

काठमाडाैं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ।

मुख्यमन्त्री थापा मगरले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै ६ जना मन्त्रीलाई नियुक्त गर्नुभएको हो । नेकपा एमालेका भरत केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । ज्ञानबहादुर तामाङ विनाविभागीय मन्त्री बन्नुभएको हाे ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजु विष्ट खानेपानी, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक विकास र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बनेका हुन् ।

मुख्यमन्त्री थापाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष शपथ लिएपछि मन्त्रीहरूलाई शपथ गराउनुभएको थियाे ।