काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।
बुधबार प्रतितोला २ हजार ७ सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार तोलामा ९ हजार ३ सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला ३ लाख ४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बुधबार प्रतितोला ४ हजार ५ सय ९५ रूपैयाँमा कारोबार भएको थियाे। चाँदी बिहीबार तोलामा चार हजार ८ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला २ सय ६० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस ४ हजार ४ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्