एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाविरुद्ध लगाउने घोषणा गरिएको ५० प्रतिशत भन्सार शुल्कलाई तीन दिनका लागि स्थगन गरिएको घोषणा गर्नुभएकाे छ।
राष्ट्रपति ट्रम्पले बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्ताे घाेषणा गर्नुभएकाे हाे। बुधबारदेखि कार्यान्वयनमा आउन लागेको उक्त भन्सार महशुल दुई मुलुकबीच भएको नयाँ सहमतिसँगै तत्कालका लागि स्थगन गरिएको हाे। क्यानाडा र अमेरिकाबीच एक सम्झौता भएको र आवश्यक कागजातहरूलाई अन्तिम रूप दिन बाँकी रहेकाले सोही अवधिभरका लागि शुल्क स्थगन गरिएको उहाँले बताउनुभयो ।
यसअघि राष्ट्रपति ट्रम्पले क्यानाडाबाट आयात हुने सामग्रीहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिनुभएको थियो । उक्त निर्णय कार्यान्वयन हुनु भन्दा अगावै दुई देशबीचको वार्ता सकारात्मक बनेपछि यो कदम चालिएको हो ।









प्रतिक्रिया दिनुहोस्