काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो जिम्मेवारीको रूपमा रहेको विपद व्यवस्थापनमा मन्त्रालय संवेदनशील रहेको बताउनुभएकाे छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। उहाँले सांसद गोपाल शर्माले जाजरकोट र रुकुम पश्चिमका विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका सम्बन्धमा सोधेको प्रश्नको जवाफ दिनुभएकाे थियाे। मन्त्री गुरुङले विपद्मा एक परिवारबाट एक व्यक्तिलाई लाभ प्राप्त हुने कानूनी व्यवस्था रहेको बताउनुभयाे।
मन्त्री गुरुङले एक भन्दा बढी व्यक्तिलाई लाभ प्रदान गर्न विपद् अघि नै अंशबण्डा भएको हुनुपर्ने र अलग बसेको हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्नुभएकाे छ। उक्त व्यवस्था संशोधन गर्न र स्थानीय तहलाई पूर्ण जिम्मेवार बनाउन विपद् प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको र काम अघि बढेको बताउनुभयाे।
मन्त्री गुरुङले स्थानीय पालिका भवन निर्माण संहिता पालनाको व्यवस्था रहेको र आवश्यक समन्वय र सहजीकरण भइरहेको बताउनुभएकाे छ। साथै उहाँले विपद् व्यष्वस्थापन कार्य तीनै तहका सरकारको जिम्मेवारी भएको स्पष्ट पार्दै सोही अनुसार समन्वय र सहकार्य भइरहेको जानकारी गराउनुभयाे।









प्रतिक्रिया दिनुहोस्