काठमाडौं । गत साउन महिनामा सबै भन्दा बढी ग्यास आयात भएको छ ।
नेपाल आयल निगमले साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन बढी एलपी ग्यास आयात भएको जनाएको हाे। निगमले पछिल्लो पाँच महिनामध्ये साउनमा सबै भन्दा बढी ५७ हजार ३ सय १६ मेट्रिक टन ग्यास आयात भएको छ ।
गत असारमा ४४ हजार ५ सय ४४, जेठमा ३२ हजार ८ सय ४२, वैशाखमा ३२ हजार ५६ र चैतमा ३८ हजार ७ सय ९९ मेट्रिक टन ग्यास आयात भएको निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिनुभयाे । साउनमा मात्रै देशैभर ४० लाख ३६ हजार ३ सय ६४ थान सिलिण्डर बिक्री वितरण भएको निगमले जनाएको छ ।
गत असार महिनाका तुलनामा गत साउनमा करिब ९ लाख सिलिण्डर ग्यास बढी बिक्री भएको हाे।









प्रतिक्रिया दिनुहोस्