Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


भारतका ब्याटर ऋषभ टेस्ट बने क्रिकेटमा १०० छक्का प्रहार गर्ने खेलाडी 


598
Shares

काठमाडाैं । भारतका विकेटकिपर ब्याटर ऋषभ पन्त टेस्ट क्रिकेटमा सबै भन्दा छिटो १ सय छक्का प्रहार गर्ने खेलाडी बनेका छन् ।

२८ वर्षीय ब्याटर पन्तले घरेलु टोली श्रीलंकासँगको पहिलो टेस्टमा यो उपलब्धि हासिल गरेका हुन् । उनी टेस्ट क्रिकेटमा १०० छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी पनि बनेका छन् । पन्तले टेस्ट क्रिकेटमा ८९ पारीमा ४ हजार ९ सय १८ बलको सामना गर्दै १ सय छक्का प्रहार गर्दै इतिहास रचेका हुन् ।

यसअघि यो कीर्तिमान इङ्ग्ल्यान्डका बेन स्टोक्सको नाममा थियो । उनले १ सय ५१ पारीमा ९ हजार ४२ बलको सामना गर्दै टेस्ट क्रिकेटमा १ सय छक्का प्रहार गरेका थिए । टेस्ट क्रिकेटमा १ सय छक्का पूरा गर्ने अरू २ जना खेलाडी अस्ट्रेलियाका एडम गिलक्रिस्ट र न्युजिल्यान्डका ब्रेन्डन म्याकलम रहेका छन् ।

टेस्ट क्रिकेटमा सबै भन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान भने बेन स्टोक्सकै नाममा छ । स्टोक्सले २ सय २० पारीमा १ सय ३८ छक्का प्रहार गरेका हुन् ।