एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट शिफा इन्टरनेशनल अस्पताल सार्न आदेश दिएको छ ।
सर्वोच्च अदालतको ३ सदस्यीय इजलासले मंगलबार पूर्वप्रधानमन्त्री खानको अस्पताल भर्ना सम्बन्धी निवेदनमा सुनुवाइ गरेको हो । उहाँलाई आगामी सेप्टेम्बर १६ तारिखमा हुने अर्को सुनुवाइ नभएसम्मै अस्पतालमै राखिने बीबीसीले जनाएको छ । सर्वोच्चले अडियाला जेलका सुपरिटेन्डेन्टलाई अदालतको अवहेलना सम्बन्धी सूचना पनि जारी गरेको हाे । अदालतले इमरान खानको स्वास्थ्य अवस्था सम्बन्धी सम्पूर्ण मेडिकल रेकर्डहरू पेश गर्न निर्देशन दिएको छ ।
अदालतले अधिकारीहरूलाई इमरान खानले हरेक हप्ता आफ्ना परिवारका सदस्यहरूसँग भेटघाट गर्ने सुनिश्चित गर्न पनि आदेश दिएको हाे।साथै सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री खानसँग भएका सबै बैठकको विस्तृत अभिलेख र उहाँविरुद्ध विचाराधीन सबै मुद्दाकाे बारेमा पूर्ण जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ ।









प्रतिक्रिया दिनुहोस्