Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अदालतले दिएन अनुमति


5.6k
Shares

press council kishor shrestha government

काठमाडौं । जिल्ला अदालत ललितपुरले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको छ।

उपसभामुख रुवीकुमारी ठाकुरको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, ललितपुरको टोली सोमबार श्रेष्ठविरुद्ध पक्राउ पूर्जी माग गर्दै जिल्ला अदालत पुगेको थियो। तर, अदालतले पक्राउ पूर्जी जारी गर्न अस्वीकार गरेको हो।

उपसभामुख ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा श्रेष्ठविरुद्ध जाहेरी दिएको बताउनुभएकाे छ । जाहेरीमा श्रेष्ठले जनआस्थाको फेसबुक पेज तथा अनलाइनमार्फत आफ्नो व्यक्तिगत तस्बिर, मर्यादा र संवैधानिक ओजमा आँच पुर्‍याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याउने नियतले भ्रामक, असत्य र निन्दनीय समाचार सम्प्रेषण गरेको आरोप लगाइएको छ।

प्रकाशित समाचारका कारण आफ्नो व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा गहिरो चोट पुगेको ठाकुरको दाबी छ। समाचारमा जोडिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाजु रहेको उल्लेख गर्दै उहाँले आफूलाई ती पुरुषसँग अनैतिक सम्बन्ध रहेको आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास भएको जाहेरीमा उल्लेख गर्नुभएकाे छ ।

यसअघि अर्की युवतीसँग रास्वपा सांसदलाई जोडेर प्रकाशित समाचारको विषयमा पनि श्रेष्ठ पक्राउ परेका थिए। वैयक्तिक गोपनीयता हननको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो।