Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


कृषि र पूर्वाधारसहित ५ संसदीय समितिको बैठक बस्दै


52
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत मंगलबार कृषि र पूर्वाधारसहित विभिन्न ५ वटा संसदीय समितिको बैठक बस्दैछ ।

कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक मंगलबार बस्ने संसद सचिवालयले जनाएकाे हाे ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफल हुने भएकाे छ। मंगलबार बिहान साढे ९ बजे बस्ने बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री र सचिव तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदल, राष्ट्रिय प्रकृति संरक्षण कोषका संयोजकलाई बोलाइएको हाे ।

त्यस्तै, पूर्वाधार विकास समितिको मंगलबार बिहान १० बजे बस्ने बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र यसले भोग्नुपरेका समस्याहरूकाे बारेमा छलफल हुनेछ । त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको मंगलबार बिहान साढे १० बजे बस्ने बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकन लगायतकाे बारेमा छलफल हुने भएकाे हाे।

साथै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि मंगलबार बिहानै ११ बजे बस्ने भएकाे छ। बैठकमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने सम्बन्धमा छलफल हुने सचिवालयले जनाएकाे हाे । बैठकमा छलफलमा डा. पासाङ शेर्पा, डा. प्रतिमा गूरुङ र शैलेन्द्र प्रसाद हरिजनलाई बोलाइएको छ ।