काठमाडौं। सरकारले राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग वार्ता गर्न चार सदस्यीय वार्ता टोलीकाे गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सह-सचिव लिलाधर सुवेदीको संयोजकत्वमा टोली गठन गरेको हो । प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेपछि सरकारले वार्तामार्फत समस्या समाधानको पहल अघि बढाएको छ। प्रसाईले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा समेत आफ्ना मागहरू प्रस्तुत गर्नुभएकाे थियाे ।
सोही विषयमा वार्ता गरी समाधान खोज्न सरकारका तर्फबाट टोली गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका हुन् ।









प्रतिक्रिया दिनुहोस्