काभ्रे । काभ्रेपलाञ्चाेककाे खानिखोला गाँउपालिका-१ स्याउरेथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा खानिखोला-४ का कलबबहादुर माझी र खानिखोला-२ की पातली माया वाइवाको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते दुईजनाको थप उपचारको लागि उद्धारको प्रयास भइरहेको छ । ब्रेक फेल भएर जिप दुर्घटना भएको प्रारम्भिक अनुमान छ । थप विवरण आउन बाँकी छ ।









प्रतिक्रिया दिनुहोस्