Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले पनि आज विश्वासको मत लिंदै


234
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्दबहादुर बानियाँले पनि साेमबारै विश्वासको मत लिनुहुने भएकाे छ।

बागमती प्रदेश सभाको जारी दोस्रो कार्यकालको साढे ३ वर्षे अवधिमा छैठाैं पटक मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो। २०८२ साउन २० गते सत्ता सम्हालेका मुख्यमन्त्री बानियाँले सोही वर्ष साउन २७ गते संसद‍्बाट विश्वासको मत लिनुभएको थियो।

एमाले–कांग्रेस गठबन्धनबाट सरकार बनाउनुभएका मुख्यमन्त्री बानियाँ हाल सत्ता साझेदार दल एमालेले सरकारप्रतिको समर्थन फिर्ता लिएपछि फेरि विश्वासको मत लिनुपर्ने अवस्थामा पुग्नुभएको हो ।