Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


अनुमगनका क्रममा बैतडी पुगेका मन्त्री लम्सालसहित टिमका सबैलाई भाइरल ज्वरो


650
Shares

काठमाडौं ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सुदूरपश्चिम भ्रमणमा रहेको टोलीलाई भाइरल ज्वरो भएको पाइएकाे छ।

भौतिक पूर्वाधारको अवस्था निरीक्षण तथा जनताका समस्या बुझ्न सुदूरपश्चिम पुगेका बेला मन्त्रीसहित टोलीका सदस्यहरू अस्वस्थ भएका हुन्।

मन्त्री लम्साल दार्चुला हुँदै बैतडी पुगेपछि अस्वस्थ भएका थिए। उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट बैतडी हुँदै धनगढी ल्याइएको थियो। त्यसपछि सेनाको स्काइट्रकमार्फत काठमाडौं फर्किएका मन्त्री लम्सालले केही दिन भैँसेपाटीस्थित क्वाटरमा आराम गर्नेछन्।

सचिवालयका अनुसार मन्त्रीसहित टोलीका सबै सदस्यको स्वास्थ्य अवस्था सामान्य रहेको छ।