Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छु : गगन थापा


221
Shares

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले सबैभन्दा बढी गाली खाएको बताउनुभएको छ ।

आइतवार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उहाँले आफूले जीवनमा अहिलेसम्म नभोगेको निन्दा पछिल्ला तीन दिनमा भोगेको बताउनुभएको हो ।

नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति थापाको आलोचना भएको थियो । सोही सन्र्दभलाई थापाले जन्मेदेखी आजसम्म भएको निन्दामध्ये सबैभन्दा ठूलो निन्दा पछिल्लो तीन दिनमा भोगेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘मैले यो धर्तीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो होला जानेर नजानेर यो गएको तीन दिनमा निन्दा भएको छ, मेरो ।’ उहाँले सञ्चारमाधयमका हेडलाईन नै आफ्नो निन्दाले भरिएको बताउनु भयो ।