Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल


247
Shares

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कसरी पराजित भए भनेर कम्युनिष्ट दलहरुले अहिलेसम्म पत्तो पाउन नसकेको टिप्पणी गर्नुभएको छ ।

आइतवार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उक्त निर्वाचनमा कम्युनिष्ट दलहरुले अनपेक्षित र व्याख्या गर्न कठिन पराजय व्यहोरेको नेता भुसालको भनाइ छ ।

उहाँले मुलुक पहिलेदेखि नै नालायकहरुबाट शासित भएको भएपनि निर्वाचनपछि लफङ्गाहरुबाट शासित हुन पुगेको टिप्पणी पनि गर्नुभयो । उहाँले उक्त अभिव्यक्ति आफूले निर्वाचन सम्पन्न हुँदा दिएको भएपनि सरकारको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिले त्यसको पुष्टि गरेको समेत बताउनु भयो । मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिले समाजमा अझै डलाग्दा राजनीतिक दुर्घटनाहरु बढ्ने जोखिम बढेको उहाँको भनाइ छ । उहाँले सरकार यही गतिमा थप दुई वर्षसम्म अघि बढ्यो भने के हुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी हारेका छौँ । हामी यसरी हारेका छौँ कि कसरी हा¥यौँ भनेर अहिलेसम्म पत्तो पाएका छैनौँ । हामीलाई यो बारेमा कसैले प्रश्न नगरिदिए हुन्थ्यो, नसम्झाइदिए हुन्थ्यो । घरमा श्रीमति र छोराछोरलिे नसम्झाइदिए हुन्थ्यो जस्तो लागेको छ । यो त्यो तहको अनपेक्षित पराजय हो ।

कुनै कुनै अवस्था व्याख्या नै नहुने व्याख्या पनि हुने रहेछन् । मैले फागुन २१ को दिन सबै साथिहरुलाई भेटेपछि निष्कर्ष के निकाले भने, मुलुक नालायकहरुबाट त शासित छँदै थियो, अब लफंगाहरुबाट शासित हुने भयो भनेर मैले भिडियो नै राखेको थियो । तर त्यसमा गलत साबित हुन पाउँ भनेर पनि भनेको थिएँ । तर यहाँ साढे चार महिना जति बित्यो । आज जे देखिएको छ त्यसले अझ डरलाग्दो क्षति र थप राजनीतिक दुर्घटनाहरु घट्ने जोखिम छ ।’ नेता भुसालले मुलुकको कम्युनिष्ट आन्दोलनको समीक्षा गरी थप सशक्त भएर जनतामाझ जानुपर्ने आवश्यकता समेत औँल्याउनु भयो ।