Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय सम्मेलन आज सकिंदै

देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन आयाेजना गरिनें

533
Shares

काठमडाैं । नेपाली कांग्रेसको संस्थापन इतर समुहको राष्ट्रिय सम्मेलन आइतबार सकिँदैछ।

शुक्रबार राष्ट्रिय भेलाको नाममा शुरु भई शनिबार सम्मेलनमा परिणत गरिएको कार्यक्रम आइतबार सकिन लागेको हो । सम्मेलनमा विभिन्न नेताहरुले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गरेर निष्कर्ष निकालिने आयोजकले जनाएको छ । नेता रमेश लेखकले प्रस्तुत गरेको विधान संशोधनको प्रस्ताव, विमलेन्द्र निधिको राजनीतिक प्रस्ताव, एनपी साउदको समसामयिक प्रस्ताव र प्रकाशशरण महतको आर्थि{क प्रस्तावमाथि हिजो दिनभर समूहगत रुपमा छलफल गरिएको थियो ।

नेता लेखकको ४३ बुँदे अवधारणा पत्रमा पार्टीको सबै तहका निर्वाचित सभापति र पदाधिकारीहरूको अविश्वास प्रस्ताव सम्बन्धमा समय सापेक्ष परिमार्जन गर्ने उल्लेख गरिएकाे छ । त्यस्तै, विशेष महाधिवेशनको आयोजना हुने अवस्था र समयका बरेमा पनि स्पष्ट उल्लेख गरिएको छ । केन्द्रीय कार्यालय, केन्द्रीय कार्यसमितिबारे पनि स्पष्टताको आवश्यकता भन्दै विधान संसोधनको प्रस्तावमा थप व्याख्या गरिएको हाे। गत वर्षको पुषमा आयोजना भएको विधान महाधिवेशनको वैद्यताकाे बारेमा प्रश्न उठाएको यो समूहले कार्यसमिति र केन्द्रीय कार्यालयकाे बारेमा स्पष्टता चाहेको बुझिएको छ ।

यसैगरी सम्मेलनमा राजनीतिक प्रतिवेदन पेश गर्दै नेता निधिले शेरबहादुर देउवाकै अध्यक्षतामा १५औं महाधिवेशन आयोजना गरिने घोषणा गर्नुभयाे । ‘मुलुकको समसामियक विषयको प्रस्ताव’ पेश गर्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका नेता एनपी साउदले पार्टीले जनतासमक्ष गल्ती स्वीकार गर्नुपर्ने धारणा राख्नुभएकाे छ। आत्मसमीक्षा कमजोरी नभई सुधारको पहिलो आधार भएको उल्लेख गर्दै उहाँले गल्तीबाट पाठ सिक्ने प्रतिबद्धता नागरिकसामु गर्नुपर्ने सुझाव प्रस्तुत गर्नुभएको छ।

पूर्वअर्थमन्त्री समेत रहेका नेता डा. प्रकाशशरण महतले ‘नेपाली कांग्रेसको आर्थिक–सामाजिक नीतिको कार्यदिशा’ प्रस्ताव प्रस्तुत गर्नुभयाे। १० बुँदामा प्रतिवेदन प्रस्तुत गरेका महतले कांग्रेसले आगामी दिनमा आर्थिक-सामाजिक विकासका लागि लिने बाटो उल्लेख गर्नुभएको छ।