Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेकाे संख्य ४७ जना पुग्याे, १३ घाइते


182
Shares

एजेन्सी। इन्डोनेसियामा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्य करिब ४७ जना पुगेकाे छ।

बीबीसीले भूकम्पमा परी १३ जना घाइते भएकाे जनाएकाे हाे। उद्धार टोलीहरूले जीवितहरूको खोजी कार्य जारी राखेकाे बीबीसीले बताएका छन्। इन्डोनेसियाको मौसम तथा भू-भौतिकी निकायले ७ दशमलव ७ म्याग्निच्यूडको उक्त भूकम्प फ्लोरेस टापुमा शनिबार बिहान ५ बजे गएको जनाएकाे छ। यसको गहिराइ १५ किलोमिटर रहेकाे थियाे।

प्राथमिक विवरणहरूले भूकम्प र त्यसपछि आएका दर्जनौं परकम्पहरूका कारण सयौं भवनहरूमा गम्भीर क्षति पुगेको देखाएकाे हाे । यद्यपि, विपद्को पूर्ण दायरा अझै स्पष्ट भइसकेको छैन। राष्ट्रिय विपद् व्यवस्थापन निकायले शनिबारको शक्तिशाली भूकम्पको धक्का पश्चिममा बिमा रिजेन्सी र सहरसम्मका बासिन्दाहरूले महसुस गरेकाे जनाएकाे छ। तर मङ्गाराइ प्रान्त सबै भन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक हो।

विपद् व्यवस्थापन निकायले प्रभावित क्षेत्रहरूमा राहत सामग्री पठाइरहेको र हालसम्म १० हजार ५सयप्याकेजहरू मुख्य परिचालन केन्द्रमा पुगेको जनाएको हाे।