Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


पार्टीलाई एकताबद्ध बनाउन अझै थप प्रयत्न आवश्यक: कांग्रेस नेता लेखक

देउवाको नेतृत्वमा पार्टीलाई पुनः एकताबद्ध बनाउने प्रयास गर्नुपर्नेमा जाेड

91
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीलाई एकताबद्ध बनाउन अझै थप प्रयत्न आवश्यक रहेको बताउनुभएकाे छ ।

काठमाडौंमा शुक्रबारदेखि शुरु भएकाे संस्थाप नइतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता लेखकले यस्ताे बताउनुभएकाे हाे। पार्टी एकताका लागि यसअघि भएका प्रयास पर्याप्त नभएको भन्दै थप पहल गर्नुपर्नेमा जाेड दिनुभयाे। उहाँले भन्नुभयाे,-‘पार्टी एकता हुने सन्दर्भमा विभिन्न घटनामा जोडिएको छु, नजिकबाट मैले नियालेको छु । त्यस अर्थ पनि म भन्न सक्छु कि निकै प्रयत्न भए, तर हामीले परिणाम दिन सकेनौं ।’

नेता लेखकले शुरुदेखि नै विशेष महाधिवेशनले पार्टीलाई विघटनतर्फ लैजाने चेतावनी आफूले दिएको बताउनुभयाे । विशेष महाधिवेशनकै कारण अहिले कांग्रेस विभाजनको अवस्थामा पुगेको उहाँको ठहर छ। पूर्वगृहमन्त्री समेत रहेका लेखकले शेरबहादुर देउवाको नेतृत्वमा पार्टीलाई पुनः एकताबद्ध बनाउने प्रयास गर्नुपर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे,-“अवधि पुगिसकेपछि मात्रै सन्तान जन्मिँदा राम्रो हुन्छ। यदि नेतृत्व परिवर्तनकै प्रश्न थियो, हस्तान्तरणकै प्रश्न थियो भने पनि आदरणीय नेता शेरबहादुर दाइले वैधानिक रूपले सभापतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवस्था थिएन र उहाँले राजनीतिक रूपले पनि घोषणा गरिसक्नुभएको थियो ।”

नेता लेखकले पार्टीमा त्रुटि जहाँबाट भएको हो, त्यहीँबाट सच्याउनुपर्नेमा जोड दिनुभएकाे छ।