Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई लिखित जवाफ पेश गर्न सर्वोच्चकाे आदेश


494
Shares

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र अख्तियारलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले बिहीबार रिट दायर भएको दुई वर्षपछि लिखित जवाफ माग गरेको हो । बिहीबार भएको सुनुवाइपछि सर्वोच्चबाट जारी आदेशमा मुद्दा चलाउन नपर्ने भए कारणसहितको जवाफ पेश गर्न भनिएको छ ।

सर्वोच्चले नेपाल, डा. भट्टराई, अख्तियारसँगै महान्यायाधीवक्ता कार्यालय र विशेष अदालतका नाममा समेत जवाफ माग गरेको छ । मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै भ्रष्टाचारमा उन्मुक्ति दिएको प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गर्नुभएकाे थियाे ।

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा.भट्टराइमाथि अनुसन्धान गरी मुद्दा चलाउन वरिष्ठ अधिवक्ता न्यौपानेले परमादेश माग गर्नुभएकाे छ। उहाँले २०८१ साल फागुन ८ गते रिट दायर गर्नुभएकाे थियाे।