Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


साढे ५ महिनापछि कांग्रेस पूर्वसभापति देउवा स्वदेश फर्किए

विमानस्थलमा बाजागाजा र झाँकीसहित देउवालाई गरे नेता तथा कार्यकर्ताले भव्य स्वागत

299
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिनापछि स्वदेश फर्किनुभएकाे छ।

गत फागुन १३ गते पूर्वमन्त्री समेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार नेपाल फर्किनुभएकाे हाे। उहाँ उपचारका लागि भन्दै सिंगापुरमा जानुभएकाे थियाे। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य रूपमा स्वागत गरिएको छ । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका नेता तथा कार्यकर्ता उहाँको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

पूर्वसभापति देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुन लागेको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रमरहेकाे छ।