Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


कांग्रेस पूर्वसभापति देउवालाई स्वागत गर्न नेता तथा कार्यकर्ता बाजागाजासहित पुगे विमानस्थलमा

सुरक्षा व्यवस्थापनमा कडाई

312
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब पाँच महिनापछि बिहीबार नेपाल फर्किंदै हुनुहुन्छ ।

जेनजी आन्दोलनपछि सिंगापुर गएका देउवा बिहीबार साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयरको विमानबाट अवतरण गर्नुहुने भएकाे हाे । देउवाको स्वागतमा हजारौं नेता तथा कार्यकर्ता बाजागाजा झाँकीसहित विमानस्थल पुगेका छन् । विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । देउवाको स्वागतमा अन्य नेता तथा  कार्यकर्ता एयरपोर्टबाहिर तीन ठाउँमा भेला हुने भएका छन् । स्वागतमा करिब ५ देखि ७ हजार नेता तथा कार्यकर्ता उपस्थित हुने दावी गरिएको हाे ।

पूर्वसभापति देउवालाई स्वागत गर्न गएका कार्यकर्ताहरूलाई विमानस्थल प्रवेश गर्ने गेटको अगाडि खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला हुन भनिएको छ ।