Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


रौतहटको लालबकैया खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता २ जनाको शव भेटियाे


169
Shares

काठमाडौं । रौतहटको लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता दुई जना बालबालिकाको मृत्यु भएको छ ।

साेही क्रममा एक जना बालक भने बेपत्ता भएकाे प्रहरीले जनाएकाे हाे। देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा मंगलबार करुनिया बस्ने करमे आलमका १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अकतरकी १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी १० वर्षीया छोरी रौशन खातुन डुबेर बेपत्ता भएका थिए ।

बुधबार बिहान साढे ७ बजे महमद रमतुलाह घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिण परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया खोला किनारमा मृत अवस्थामा फेला परेका हुन् । सोही समय र स्थानमा सबनम खातुन पनि मृत अवस्थामा फेला परेकी थिइन् । दुवै जनाको शव करिब २ सय मिटरको दूरीमा फेला परेको प्रहरीले जनाएको छ ।

बेपत्ता रौशनको भने खोजी कार्य जारी रहेकाे प्रहरीले बताएकाे हाे।

Skip This