Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


सुनसरी घटना: मृतक रवीन्द्रकाे परिवार र सरकारबीच ७ बुँदे सम्झौता (पत्रसहित)

रविन्द्रलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने

260
Shares

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा गोली लागेर त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका रविन्द्र मेहताको परिवार र सरकारबीच ७ बुँदे सम्झौता भएको छ ।

गृहमन्त्री सुधन गुरुङ, स्वाथ्यमन्त्री निशा मेहता र सांसद लाल विक्रम थापाको उपस्थितीमा सोमबार राति सम्झौता भएको गृह मन्त्रालयले जनाएकाे हाे। यहि साउन १९ गते २२ वर्षीय रविन्द्रको उपचारको क्रममा मृत्यु भएको थियो । रविन्द्र देवानगञ्जमा भएको हिन्दु र मुस्लिम समुदायकोबीचको दंगामा परेर घाइते भएका हुन् ।

छलफलमा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष र पीडित परिवारका तर्फबाट १० जना सहभागी भएका थिए । रविन्द्रलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।