Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


देवानगञ्ज घटनामा संलग्न आराेपमा एक जना पक्राउ


572
Shares

काठमाडाैं । देवानगञ्ज घटनामा संलग्न भएको आराेपमा प्रहरीले एक जना पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार उनीहरूको भूमिका र संलग्नताबारे सूक्ष्म अनुसन्धान भइरहेकाे छ ।

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले नियन्त्रणमा लिइएकाहरूको पहिचान सार्वजनिक गरेको छैन।

सामाजिक सञ्जालमा आएका सूचनालाई आधिकारिक नमान्न प्रहरीले आग्रह गरेको छ। घटनामा उत्तेजना, आगजनी वा हिंसा फैलाउन उनीहरुको भूमिका थियो–थिएन भन्ने अनुसन्धानपछि पुष्टि हुने प्रहरीले जनाएको छ।